Monday, 18 March 2019

बच्चा Nest Box बाट‌ बाहिर अार्इ चिसो भएमा के गर्ने त ?

New Case In My Small Rabbit Farm.
अाज बिहान सधैं झै खरायोकाे खाेर अवलोकन गर्न जादा एउटा बच्चा Nest Box बाट बाहिर थियो। शरीर पुरै चिसो तर अलि अलि चलिरहेको थियो। हातमा लिएर छिटाे छिटाे भान्सामा गएर भिडियोमा देखाए जस्तै पालै पालो हात न्यानाे पारि बच्चालाई शरिर ताताे नभएसम्म ताप दिए । त्यसपछि Nest Box मा अरु बच्चाहरुकाे बिचमा राखिदिए।
कसरी निस्कन्छ त बाहिर?
जब माउले दुध खुवाउदै गर्छ र झतपत Nest Box बाट बाहिर निस्कन्छ त्याे समयमा दुध चुस्दै गरेको बच्चा थुन सगैं तानिएर बाहिर निस्कने Chances बढी रहन्छ। अरु जनावरहरु ले जस्तै खरायोले अाफ्नाे बच्चालाई मुखले च्यापेर फेरि खाेरमा हाल्ने गर्दैन। त्यसैले समय समयमा बच्चा जन्मेको खाेरमा ध्यान दिनु पर्छ।
मन परे Like comment and Share गरम हैत।