Monday, 25 March 2019

मेराे खरायोले बच्चा लार्इ दुध पिलाउँदैन , वास्ता गर्दैन किन हाेला ?

काेही  काेही ले भन्छन् कि मेराे खरायोले बच्चा लार्इ दुध पिलाउँदैन , वास्ता गर्दैन जसले गर्दा बच्चा भाेकले मर्दछ। दुध खुवाउन माउकाे खुट्टा समार्इ  खुवाउनु पर्छ। अनि हामी ले अाफ्नाे अनुभव सुनाउँछै कि त्यस्ताे गर्नु पर्दैन माउ अाफैले समय समयमा दुध चुसाउने गर्दछ भन्दा तपार्इंको अनुभव पुगेन अरु १०-१५ वर्ष नि पाल्नुस् भन्छन् ।
तर तिनीहरू लार्इ थाहा भाकाे हुदैन कि त्यस्ताे किन गर्छन् , त्यसको कारण केहाे त।याे एक प्रकारको राेगले गर्दा यस्तो गर्छन् माउ खरायोले।

यसलाई थुनेलाे (Mastitis ) भनिन्छ
केहाे त थुनेलाे भनेकाे ? याे थुन सँग सम्बन्धित राेग हाे। जब बच्चा जन्मन्छ तब विभिन्न जिवाणुले दुध उत्पादन गर्ने ग्रन्थीमा अाक्रमण गर्छ। यसकाे कारण थुन सुनिन्छ र दुध पिलाउँदा दुख्छ । त्यसैले माउले दुध नखुवाउने साथै हेरविचार गर्न छाेडिदिन्छ। थुन धेरै सुनिएमा पाक्न सक्छ साथै पिप पनि बग्न थाल्दछ । राेग Control मा नअाए माउ विरामी भएर मर्न नि सक्छ।

किन हुन्छ त थुनेलाे ? Simple Answer सरसफाईकाे कमि साथै थुनमा चाेट लाग्नु।

राेकथामकाे कुरा गर्दा मुख्यतया सरसफाइमा ध्यान दिनु पर्छ। साेतर सफा हुनुपर्छ। समय समयमा Change गर्नु पर्छ अथवा दिशा पिसाब खाेरबाट तल झर्ने व्यवस्था मिलाउनु पर्छ। तर पनि सावधानी अपनाउँदा अपनाउँदै  नि थुनेलाे लाग्न सक्छ। यस्तो अवस्थामा थुन लार्इ मनतातो पानी वा फिटकिरी पानीले सफा गरिदिनु पर्छ। साथै Vet Store मा गर्इ पनि अाैषधी लिन सकिन्छ।

माथि काे कुरा त भयाे राेगका कारण। अब कुरा गराैँ पाल्ने तरिकामा :
खरायोको लागि खाेर अारामदायी तथा सफा हुनु पर्छ। खरायोहरु अलि Terotarial व्यवहार काे हुन्छ । मतलब अाफ्नाे खाेरमा अरु अाएको खासै मन पराउँदैन। जब खरायो ले बच्चा जन्माउछ या जन्माइसके‌ पछि जसले मन लाग्यो त्यसले छाेइदिन्छम् या भनम् माया गर्छम् तब हाम्रो गन्ध बच्चामा टासिँन्छ। खरायोकाे सुघ्ने शक्ति राम्रो हुने भएकाले यसलाई नयाँ गन्ध थाहा हुन्छ र परपर बस्न थाल्दछ, पछि दुध नखुवाउन साथै वास्ता नगर्ने हुनसक्छ। त्यहि भएर‌ जसले खरायोलार्इ हेरविचार गर्छ अथवा जसकाे गन्ध खरायोलार्इ‌ Familiar हुन्छ तिनीहरूले बाहेक अरुले कम्तीमा पनि १ महिना सम्म नछाेअाै।

अर्को कारण :
जब लगातार २-३ बेत बच्चा जन्मिसकेपछि मर्छ अथवा खेर जान्छ अथवा मुसाले लाने गर्छ त्यस पछि अर्को पल्ट पनि बच्चा जन्माएपछि  माउ 🐰 खरायो लार्इ लाग्छ कि ति बच्चा पनि मरे । अनि बच्चा जन्मेको ठाउँ मा नजाने वास्ता नगर्ने गर्छ

एकै चाेटि सबै थाहा हुदैन । पाल्दै सिक्ने हाे । कारण जानै समाधान खाेज्न सजिलो हुन्छ।

मन परे Like,Share अनि Comment गराैं।
धन्यवाद।