Wednesday, 20 March 2019

Nest Box कस्तो बनाउने ?

Normally खरायोकाे लागि Nest Box बनाउँदा निम्न Size काे बनाउनु भए राम्रो हुन्छ :




                                                                                         Note : Picture From Rabbit Concern Nepal


लम्बाई : 12 इन्च
चाैडाइ : 10 इन्च
पछाडि उचाइ : 10 इन्च
अगाडि उचाइ : 6 इन्च

Nest Boxकाे तल पट्टि फाेटाेमा जस्तै प्वाल पार्न वा जालिकाे प्रयाेग गर्नु पर्छ। यसले साना बच्चाहरु ले गरेको पिसाबबाट Nest Box लार्इ भिज्न बाट बचाउँछ र धुलाेका साना कनहरु पनि तल झर्न मद्दत‌ गर्छ।
Note : Picture From Rabbit Concern Nepal

अब मनमा प्रश्न अाउला कहिले cage मा Nest Box हाल्ने त ? अनि Box भित्र के हाल्ने ?
जवाफ यता छ। भाले लागेको दिनबाट 28 अाैँ दिनमा Nest Box भित्र सुकेको सफा पराल, सुकेको नरम घाँस हालि Cage भित्र खरायोले पिसाब नफेर्ने कुन्नामा हालि दिने।

अब फेरि प्रश्न अाउला कहिले Nest Box हटाउने त ?
2-3 हप्ता पछि जब साना बच्चाहरु ‌‌‌‌‌‌‌‌भित्र बाहिर मज्जाले अाउन जान सक्छ तब Box हटार्इ दिन। तर Nest Box काे नियमित सरसफाई गर्न चाहीँ नर्बिसिनु हाेस्।
धन्यवाद।