कक्सिदियोसिस Coccidiosis
यो रोग एक कोषिय परजीवी प्रोतोजोवा Virus को संक्रमण बाट लाग्दछ। खरायो मा सबै भन्दा बढी लाग्ने र बढी नोक्सान गर्ने यो एक घातक रोग हो। यो रोग जुन सुकै उमेर समूहका खरायो लाई लाग्ने गर्छ तर यो रोग ले सबै भन्दा बढी भर्खरै दूध छुट्टाएको बच्चा देखि २.५ महिना उमेर को लाई बढी असर गर्छ । यसको लक्षण थाहा हुनु भन्दा पहिले नै धेरै नोक्सान गरी सकेको हुन्छ। यो भाइरस को जीवन चक्र १४ दिन जति को हुन्छ। त्यै भएर औषधि खुवाउँदा खुवाउँदै पनि खरायो मार्ने क्रम जारी रहन्छ।
यो रोग लाग्नुका कारण हरु :
१. माउ बाट दूध छुटाएर अलग राखिएको बच्चा हरुमा आमा बाट छुटिनु को तनावले गर्दा पनि यो रोग लाग्ने गर्दछ।
२. दाना पानी को राम्रो व्यवस्था नमिल्दा अथवा दाना बारम्बार परिवर्तन गरी रहेमा
३. खोर को सरसफाई नियमित नगर्दा रोग लागेको खरायो को दिशा पिसाब सँग लसपस हुँदा ४. खरायो तर्सिने ठूलो होहल्ला हुने ठाउँ भएमा, बस्ने ठाउँ चिसो तथा ओसिलो हुनु आदि।
यो रोग दुई प्रकारको छ :
१. आन्द्रा मा लाग्ने Coccidiosis -
यो रोग मुख्यतया ६-७ हप्ता उमेरको खरायो लाई लाग्दछ। यो रोग तीन प्रकार को कीटाणु Eimeria,Isospora र Cryptosporidia बाट लाग्दछ। यसले मुख्य गरी आन्द्रा को सिक्कम र सानो आन्द्रा मा असर गर्छ। आन्द्राको सुनिएको ठाउँको भित्र सेतो अथवा पहेंलो गिर्खा हरु बसेको हुन्छ जुन कीटाणु हरु हो। यो रोग लाग्दा खरायो ले दाना कम खाने , पेट फुलेको हुने गर्दछ। तौल पनि छिटो छिटो घट्दछ। रोगी खरायोको दिशा को सम्पर्कमा आइसकेपछि मुख बाट निरोगी खरायो को शरीर भित्र प्रवेश गर्दछ। प्रवेश गरेको लगभग ४-६ दिन मा पखाला लाग्ने सुरु हुन्छ र ८-१२ दिन सम्म मा धेरै पखाला लागि खरायो धेरै मर्दछ। तर कुनै कुनै समयमा पखाला लाग्छ नै भन्न सकिँदैन। किन भने प्राय खरायो पखाला लाग्नु भन्दा पहिले नै मार्ने गर्दछ।
Image Downloaded From Internet
२. कलेजोमा लाग्ने Coccidiosis :
यो रोग Emeria Stiedac किटाणुले कलेजोमा आक्रमण गर्दछ। आन्द्रा मा लाग्ने रोग ले जस्तै खरायो ले दाना पानी कम खाने तथा शारीरिक तौल घट्दै जान्छ। यो रोग लाग्दा खरायो को रौ ठाडा ठाडा हुन्छ भने दिशा सामान्य भन्दा पातलो हुन्छ। यो प्रकारको रोगमा प्राय लक्षण नै देखा नपर्न सक्छ। यो रोग लागेको खरायो को कलेजोमा सेतो सेतो खैरो खैरो गिर्खा परेको हुन्छ। जुन सानो देखि लिएर सिमीको गेडा जत्रो नि हुन सक्छ।
Image Downloaded From Internet
उपचार:
यो रोग को औषधि भेटेनरी पसल मा सजिलै सँग पाइछ। जस्तै : Sulcoprim । अरु पनि नाम होला तर कम्पोजिसन एउटै हुन्छ। औषधि दिँदा लगातार १४ दिन सम्म अथवा चिकित्सक को सल्ला अनुसार दिनु पर्छ।
बचावट:
खरायो मा सधै भरी यो रोग पाइने भएको ले विशेष सतर्कता अपनाउनु पर्छ।
१. खरायो लाई दैनिक जस्तो अवलोकन गर्नु पर्छ।जुन खरायो दुब्लाउँदै गएको छ , खाने मा Interest दिदैन, झोक्राएर बस्छ त्यस्तो खरायो लाई छुटाएर हाल्नु पर्छ अनि औषधि चढाई हाल्नु पर्छ।
२. खोरको नियमित सरसफाई गर्नु पर्छ जसले रोगी खरायो को दिशा पिसाब सँग लसपस नहोस्। जाली को खोर भए झनै राम्रो हुन्छ। समय समयमा खोर औषधि प्रयोग गरी निर्मलीकरण गर्ने।
३. खोर मा हावा आवत जावत राम्रो हुनु पर्छ।
४. खरायो को खोर वरिपरि धेरै आवाज नगर्ने, शान्त माहोल दिने।
५. दाना छिन् छिन् मा परी वर्तन नगर्ने। गर्नु नै परेमा बिस्तारै गर्ने। सफा पनि को राम्रो व्यवस्था गर्ने ।