March 4, बिहान करिब ८:३० बजे तिर मेरो एउटा माउ खरायोले ८ अाेटा बच्चा
जन्माएकाे छ। बच्चा जन्मिने बित्तिकै माउले साल नाल खाएर सफा गर्दछ अनि
बच्चाहरु लाई दुध चुसाउने गर्दछ।
बच्चा जन्मेको केही समय पछि जस्ले खरायोहरूलार्इ बढी हेरबिचार गर्छ त्यो व्यक्तिले Next Box निकालेर नखाईकन बाँकी रहेको सालनाल तथा मरेको बच्चा निकाल्नु पर्छ र खरायाेले निकालेकाे भुत्लाले माथिबाट ढाकी दिनु पर्छ ताकि चिसो नलागाेस् ।
बच्चालाई छुदा पहिला हातले माउ खरायोलार्इ सुम्सुम्याउने जसले गर्दा माउ खरायोकाे गन्ध हातमा टासिन्छ र बच्चाकाे शरीरमा हाम्राे गन्ध अाउदैन।