काेही काेही ले भन्छन् कि मेराे खरायोले बच्चा लार्इ दुध पिलाउँदैन , वास्ता गर्दैन जसले गर्दा बच्चा भाेकले मर्दछ। दुध खुवाउन माउकाे खुट्टा समार्इ खुवाउनु पर्छ। अनि हामी ले अाफ्नाे अनुभव सुनाउँछै कि त्यस्ताे गर्नु पर्दैन माउ अाफैले समय समयमा दुध चुसाउने गर्दछ भन्दा तपार्इंको अनुभव पुगेन अरु १०-१५ वर्ष नि पाल्नुस् भन्छन् ।
तर तिनीहरू लार्इ थाहा भाकाे हुदैन कि त्यस्ताे किन गर्छन् , त्यसको कारण केहाे त।याे एक प्रकारको राेगले गर्दा यस्तो गर्छन् माउ खरायोले।
यसलाई थुनेलाे (Mastitis ) भनिन्छ।
केहाे त थुनेलाे भनेकाे ? याे थुन सँग सम्बन्धित राेग हाे। जब बच्चा जन्मन्छ तब विभिन्न जिवाणुले दुध उत्पादन गर्ने ग्रन्थीमा अाक्रमण गर्छ। यसकाे कारण थुन सुनिन्छ र दुध पिलाउँदा दुख्छ । त्यसैले माउले दुध नखुवाउने साथै हेरविचार गर्न छाेडिदिन्छ। थुन धेरै सुनिएमा पाक्न सक्छ साथै पिप पनि बग्न थाल्दछ । राेग Control मा नअाए माउ विरामी भएर मर्न नि सक्छ।
किन हुन्छ त थुनेलाे ? Simple Answer सरसफाईकाे कमि साथै थुनमा चाेट लाग्नु।
राेकथामकाे कुरा गर्दा मुख्यतया सरसफाइमा ध्यान दिनु पर्छ। साेतर सफा हुनुपर्छ। समय समयमा Change गर्नु पर्छ अथवा दिशा पिसाब खाेरबाट तल झर्ने व्यवस्था मिलाउनु पर्छ। तर पनि सावधानी अपनाउँदा अपनाउँदै नि थुनेलाे लाग्न सक्छ। यस्तो अवस्थामा थुन लार्इ मनतातो पानी वा फिटकिरी पानीले सफा गरिदिनु पर्छ। साथै Vet Store मा गर्इ पनि अाैषधी लिन सकिन्छ।
माथि काे कुरा त भयाे राेगका कारण। अब कुरा गराैँ पाल्ने तरिकामा :
खरायोको लागि खाेर अारामदायी तथा सफा हुनु पर्छ। खरायोहरु अलि Terotarial व्यवहार काे हुन्छ । मतलब अाफ्नाे खाेरमा अरु अाएको खासै मन पराउँदैन। जब खरायो ले बच्चा जन्माउछ या जन्माइसके पछि जसले मन लाग्यो त्यसले छाेइदिन्छम् या भनम् माया गर्छम् तब हाम्रो गन्ध बच्चामा टासिँन्छ। खरायोकाे सुघ्ने शक्ति राम्रो हुने भएकाले यसलाई नयाँ गन्ध थाहा हुन्छ र परपर बस्न थाल्दछ, पछि दुध नखुवाउन साथै वास्ता नगर्ने हुनसक्छ। त्यहि भएर जसले खरायोलार्इ हेरविचार गर्छ अथवा जसकाे गन्ध खरायोलार्इ Familiar हुन्छ तिनीहरूले बाहेक अरुले कम्तीमा पनि १ महिना सम्म नछाेअाै।
अर्को कारण :
जब लगातार २-३ बेत बच्चा जन्मिसकेपछि मर्छ अथवा खेर जान्छ अथवा मुसाले लाने गर्छ त्यस पछि अर्को पल्ट पनि बच्चा जन्माएपछि माउ 🐰 खरायो लार्इ लाग्छ कि ति बच्चा पनि मरे । अनि बच्चा जन्मेको ठाउँ मा नजाने वास्ता नगर्ने गर्छ
एकै चाेटि सबै थाहा हुदैन । पाल्दै सिक्ने हाे । कारण जानै समाधान खाेज्न सजिलो हुन्छ।
मन परे Like,Share अनि Comment गराैं।
धन्यवाद।
This blog is about rabbit farming . Sharing my personal experience to other people who want to start rabbit farm or self train them self about disease that kill rabbit and lead to failure.
Monday, 25 March 2019
Thursday, 21 March 2019
कानकाे लुत्ताे
मेराे खरायोकाे कानमा के त्याे !!!!
प्राय खरायो किसानहरू चिन्ता गर्छन् जब तिनीहरुले खरायोकाे कानमा केही पाप्रा अथवा केहि फाेहाेर देख्न थाल्छन्।
यसलाई कानकाे लुताे (Ear Mites) भनिन्छ।
याे Common Parasitic Infection हाे जुन खरायोलार्इ प्राय लागिरहन्छ। साधारणतया याे जिवाणुले कानकाे भित्रि भागमा अाक्रमण गर्दछ र डल्लाे परि बस्छ र पछि कान पाकेर पीप अथवा रगत बग्ने गर्छ।
संक्रमित खरायोले अाफ्नाे टाउकाे बाङ्गाे पारि बस्ने , हल्लाइ रहने साथै खुट्टाले कान काेत्याइ रहन्छ ताकि अाराम हाेस्। यस्ताे अवस्थामा हाइड्रोजन पेराेक्साइड, स्प्रिट वा डिटाेलले कान सफा गर्नु पर्छ। घरेलु उपचार गर्दा ताेरीकाे तेलमा अलिकति बेसार मिलाएर 4-5 थाेपा 2 दिनकाे फरकमा कानमा हाल्नाले पनि याे समस्या समाधान गर्न सक्नुहुन्छ।
चिन्ता लिनु पर्दैन । समय समयमा कानमा राम्ररी हेर्ने गर्नुस् साथै खाेरकाे पनि राम्ररी सरसफाई गर्नुस् केनि हुन्दैन।
प्राय खरायो किसानहरू चिन्ता गर्छन् जब तिनीहरुले खरायोकाे कानमा केही पाप्रा अथवा केहि फाेहाेर देख्न थाल्छन्।
यसलाई कानकाे लुताे (Ear Mites) भनिन्छ।
याे Common Parasitic Infection हाे जुन खरायोलार्इ प्राय लागिरहन्छ। साधारणतया याे जिवाणुले कानकाे भित्रि भागमा अाक्रमण गर्दछ र डल्लाे परि बस्छ र पछि कान पाकेर पीप अथवा रगत बग्ने गर्छ।
संक्रमित खरायोले अाफ्नाे टाउकाे बाङ्गाे पारि बस्ने , हल्लाइ रहने साथै खुट्टाले कान काेत्याइ रहन्छ ताकि अाराम हाेस्। यस्ताे अवस्थामा हाइड्रोजन पेराेक्साइड, स्प्रिट वा डिटाेलले कान सफा गर्नु पर्छ। घरेलु उपचार गर्दा ताेरीकाे तेलमा अलिकति बेसार मिलाएर 4-5 थाेपा 2 दिनकाे फरकमा कानमा हाल्नाले पनि याे समस्या समाधान गर्न सक्नुहुन्छ।
चिन्ता लिनु पर्दैन । समय समयमा कानमा राम्ररी हेर्ने गर्नुस् साथै खाेरकाे पनि राम्ररी सरसफाई गर्नुस् केनि हुन्दैन।
Wednesday, 20 March 2019
Nest Box कस्तो बनाउने ?
Normally खरायोकाे लागि Nest Box बनाउँदा निम्न Size काे बनाउनु भए राम्रो हुन्छ :
Note : Picture From Rabbit Concern Nepal
चाैडाइ : 10 इन्च
पछाडि उचाइ : 10 इन्च
अगाडि उचाइ : 6 इन्च
Nest Boxकाे तल पट्टि फाेटाेमा जस्तै प्वाल पार्न वा जालिकाे प्रयाेग गर्नु पर्छ। यसले साना बच्चाहरु ले गरेको पिसाबबाट Nest Box लार्इ भिज्न बाट बचाउँछ र धुलाेका साना कनहरु पनि तल झर्न मद्दत गर्छ।
Note : Picture From Rabbit Concern Nepal
अब मनमा प्रश्न अाउला कहिले cage मा Nest Box हाल्ने त ? अनि Box भित्र के हाल्ने ?
जवाफ यता छ। भाले लागेको दिनबाट 28 अाैँ दिनमा Nest Box भित्र सुकेको सफा पराल, सुकेको नरम घाँस हालि Cage भित्र खरायोले पिसाब नफेर्ने कुन्नामा हालि दिने।
अब फेरि प्रश्न अाउला कहिले Nest Box हटाउने त ?
2-3 हप्ता पछि जब साना बच्चाहरु भित्र बाहिर मज्जाले अाउन जान सक्छ तब Box हटार्इ दिन। तर Nest Box काे नियमित सरसफाई गर्न चाहीँ नर्बिसिनु हाेस्।
धन्यवाद।
Monday, 18 March 2019
बच्चा जन्मेकाे केही समय पछि Nest Box अवलोकन किन गर्नुपर्छ?
भाले लागेको १ महिना मै बच्चा जन्मिन्छ भन्ने छैन। कहिले काँही ३०-४०-४५ दिन पनि लाग्न सक्छ। त्यसैले माउकाे पेटमा बच्चा छ कि छैन भनि हल्का हातले छामेर हेर्नुपर्छ ।
छाम्दा भित्र साराे साराे गेदा Feel हुन्छ। बच्चा नभएमा फेरि भाले लगाउदा हुन्छ।
खरायोले जन्माउने सबै बच्चाहरु बाच्छ नै भन्ने छैन त्यसैले बच्चा जन्मेकाे केही समय पछि Nest Box अवलोकन गर्नुपर्छ। Video मा १ बच्चा मरेको छ र ४-५ अाेटा सालनाल माउले नखाईकन बाँकी रहेको छ। यस्तो चिज ननिकाले कुहिएर अरु बच्चालाई असर गर्न सक्छ । त्यसैले समय समयमा Nest Box check गरिरहनु पर्दछ।
खरायोले सधैं Nest Box मै बच्चा जन्माउन्छ भन्ने छैन ।
खरायोले सधैं Nest Box मै बच्चा जन्माउन्छ भन्ने छैन । कहिलेकाहीँ बाहिर पनि जन्माउन्छ। यस्ताे अवस्थामा सफा हातले अाफैले Box भित्र हालिदिनु पर्छ।
अाज Chinchilla जातकाे माउ खरायोले सात वटा बच्चा जन्माएकाे अवस्था
खरायोकाे बच्चाले दुध खान पाकाे छ या छैन ?
यदि बच्चाले दुध खान पाएकाे छ भने बच्चाकाे पेट भिडियोमा जस्तै तम्म फुलेकाे हुन्छ हैन भने पेट सुकेको हुन्छ। जसले खरायोकाे नियमित हेरविचार गर्छ त्यही व्यक्तिले मात्र बच्चालाई छुनु हाेला।
बच्चा Nest Box बाट बाहिर अार्इ चिसो भएमा के गर्ने त ?
New Case In My Small Rabbit Farm.
अाज बिहान सधैं झै खरायोकाे खाेर अवलोकन गर्न जादा एउटा बच्चा Nest Box बाट बाहिर थियो। शरीर पुरै चिसो तर अलि अलि चलिरहेको थियो। हातमा लिएर छिटाे छिटाे भान्सामा गएर भिडियोमा देखाए जस्तै पालै पालो हात न्यानाे पारि बच्चालाई शरिर ताताे नभएसम्म ताप दिए । त्यसपछि Nest Box मा अरु बच्चाहरुकाे बिचमा राखिदिए।
कसरी निस्कन्छ त बाहिर?
जब माउले दुध खुवाउदै गर्छ र झतपत Nest Box बाट बाहिर निस्कन्छ त्याे समयमा दुध चुस्दै गरेको बच्चा थुन सगैं तानिएर बाहिर निस्कने Chances बढी रहन्छ। अरु जनावरहरु ले जस्तै खरायोले अाफ्नाे बच्चालाई मुखले च्यापेर फेरि खाेरमा हाल्ने गर्दैन। त्यसैले समय समयमा बच्चा जन्मेको खाेरमा ध्यान दिनु पर्छ।
मन परे Like comment and Share गरम हैत।
अाज बिहान सधैं झै खरायोकाे खाेर अवलोकन गर्न जादा एउटा बच्चा Nest Box बाट बाहिर थियो। शरीर पुरै चिसो तर अलि अलि चलिरहेको थियो। हातमा लिएर छिटाे छिटाे भान्सामा गएर भिडियोमा देखाए जस्तै पालै पालो हात न्यानाे पारि बच्चालाई शरिर ताताे नभएसम्म ताप दिए । त्यसपछि Nest Box मा अरु बच्चाहरुकाे बिचमा राखिदिए।
कसरी निस्कन्छ त बाहिर?
जब माउले दुध खुवाउदै गर्छ र झतपत Nest Box बाट बाहिर निस्कन्छ त्याे समयमा दुध चुस्दै गरेको बच्चा थुन सगैं तानिएर बाहिर निस्कने Chances बढी रहन्छ। अरु जनावरहरु ले जस्तै खरायोले अाफ्नाे बच्चालाई मुखले च्यापेर फेरि खाेरमा हाल्ने गर्दैन। त्यसैले समय समयमा बच्चा जन्मेको खाेरमा ध्यान दिनु पर्छ।
मन परे Like comment and Share गरम हैत।
खरायोले बच्चा जन्माउँदा के गर्ने ?
March 4, बिहान करिब ८:३० बजे तिर मेरो एउटा माउ खरायोले ८ अाेटा बच्चा
जन्माएकाे छ। बच्चा जन्मिने बित्तिकै माउले साल नाल खाएर सफा गर्दछ अनि
बच्चाहरु लाई दुध चुसाउने गर्दछ।
बच्चा जन्मेको केही समय पछि जस्ले खरायोहरूलार्इ बढी हेरबिचार गर्छ त्यो व्यक्तिले Next Box निकालेर नखाईकन बाँकी रहेको सालनाल तथा मरेको बच्चा निकाल्नु पर्छ र खरायाेले निकालेकाे भुत्लाले माथिबाट ढाकी दिनु पर्छ ताकि चिसो नलागाेस् ।
बच्चालाई छुदा पहिला हातले माउ खरायोलार्इ सुम्सुम्याउने जसले गर्दा माउ खरायोकाे गन्ध हातमा टासिन्छ र बच्चाकाे शरीरमा हाम्राे गन्ध अाउदैन।
बच्चा जन्मेको केही समय पछि जस्ले खरायोहरूलार्इ बढी हेरबिचार गर्छ त्यो व्यक्तिले Next Box निकालेर नखाईकन बाँकी रहेको सालनाल तथा मरेको बच्चा निकाल्नु पर्छ र खरायाेले निकालेकाे भुत्लाले माथिबाट ढाकी दिनु पर्छ ताकि चिसो नलागाेस् ।
बच्चालाई छुदा पहिला हातले माउ खरायोलार्इ सुम्सुम्याउने जसले गर्दा माउ खरायोकाे गन्ध हातमा टासिन्छ र बच्चाकाे शरीरमा हाम्राे गन्ध अाउदैन।
Sunday, 17 March 2019
खरायोको मासु किन खानेत जसको कारण निम्न छन् -
१. खरायोको मासु सेतो मासु अन्तर्गत पर्दछ जसको मतलब यस अन्य मासुको तुलनामा
एकदमै न्युन मात्रमा cholesterol र Fat हुन्छ जुन Diabetes,BP,Heart
Patient, बाथ ,हाड,नासा,जोर्नी,युरिक एसिड , दमका रोगीहरुको लागि एकदमै
राम्रो हो ।२. यसमा अन्य मासुको तुलनामा कम मात्रमा calories हुन्छ । जो मासु छोर्न सक्दैन तर तौल घटाउन चाहन्छ तिनीहरुको लागि फाइदाजनक छ ।
३. खरायोको मासुमा प्रसस्त प्रोटिन,क्यालसियम, फसफोरस, ओमेगा-३ र फ्याटि एसिड पाइन तथा अरु मासुको तुलनामा पचाउन सजिलो भएकोले बालबालिका,जेष्ठ नागरिक , गर्भवती महिला ,स्तनपान गराई रहनु भएका महिला , लगभग सम्पूर्ण उमेर समूहका मानिसहरुको लागि लाभकारी छ ।
४. मुख्य कुरा त झन्डै छुटेको , खरायोलाई अन्य मासुको लागि पालिने पशुपन्छीलाई जस्तै त्यति रोग लाग्दैन जसको मतलब यिनीहरुलाई त्यति ओखती दिदैन । नत antibiotic दिईन्छ नत खोप ,त्यसमाथि यो बिस्तारै हुर्काएर मासुको लागि तयार गरिन्छ । कुखुरा जस्तै १.५ महिना मा २ किलो पुर्याउन जसरि दबाएर खुवाई उत्पादनगरिन्छ त्यस्तो खरायो पालन मा गरिन्दैन।
त्यसैले खरायोको मासु खाने बानी बसालौ स्वस्थ रहौ ।
व्यवसायीक खरायो पालन गर्नु भन्दा पहिले निम्न कुराहरू ध्यान दिनु हाेला
१. सबैभन्दा पहिले त खरायो पालन बारे इच्छा शक्ति हुनुपर्छ।
२. इच्छा शक्तिले मात्र त हुदैँन, त्यसबारे ज्ञान हुनु नि जरुरी छ । त्यसैले Training लिनुस् सम्बन्धित ठाउँमा गएर। अन्त कता छ त्याे त मलाई थाहा छैन , काठमाडौँ जिल्ला वरिपरिकाे लागि भने The Himalayan Rabbit Farm वा NARK खुमलटारमा सम्पर्क गर्न सक्नुहुन्छ। समय मिल्छ भने काठमाडौं अाउदा नि हुन्छ वा स्थानीय पशु कार्यालयमा जानकारी लिनुहोस्।
३. Training भनेको विषयगत ज्ञान हाे । प्रयाेगात्मक ज्ञान पनि अावश्यक छ। त्यसैले अनुभवकाे लागि ४ पाेथी १ भाले राम्राे Breed ल्याएर पाल्नुस्।
४. पाल्दै जानुस् साथ साथै Internet , YouTube मा खरायो पालन बारे थप जानकारी लिनुहोस्।
५. खरायोलार्इ लाग्ने राेग बारे थप अनुसन्धान गर्नु हाेस्। जस्तै राेगकाे लक्षण, अाैषधी कसरी गर्ने, राेकथाम अादि।
६. स्वामी विवेकानन्दले भन्नु हुन्छनी "संसारलार्इ बदल्नु छ सुरुवात अाफै बात गर्नु छ।" हाे अब खरायो त पाल्नु भाे , उत्पादन नि भाे बेच्नु त पर्याे नि तेसैले घरपालुवाकाे रुपमा बच्चा बेच्नुस् साथै खरायोकाे मासु किन खाने भन्ने बारे जानकारी घरपरिवार, साथीहरू, छिमेकीहरु मा फैलाउनुस्। हाेटल रेष्टुरेन्ट तिर नि यसको मागबारे जानकारी लिनुहोस्।
अब तपाईं लार्इ खरायो पालनबारे लगभग सबै ज्ञान भाे साथै बजार बारे पनि । अब लाग्छ कि खरायो पालन व्यवसाय तपाई लार्इ ठिक छ र राम्राे अाम्दानी लिन सक्नुहुन्छ भने तपार्इ खरायो पालन व्यवसाय सुरु गर्न सक्नुहुन्छ।अब निम्न कुराहरू ध्यान दिनु पर्छ:
१. Buy Back Agreement गर्ने फार्म जस्तै The Himalayan Rabbit Farm सग छलफल गर्नु हाेस्। बिउ खरायो लिनुहाेस्।
२. बिउ खरायो ल्याउनु अघि समयले भ्याएसम्म विभिन्न खरायो फर्महरुमा Visit काे लागि जानुहाेस्। त्यहाकाेे व्यक्ति सग भलाकुसारी गर्नुस्, उहाँहरुकाे अनुभव सुन्नु हाेस् । फार्म तथा खाेर के कसरी निर्माण गरेकाे छ त्याे अवलोकन गर्नुहाेस् । यसले तपार्इंको फर्म बनाउ सहयाेग मिल्छ।
३. कुनै पनि पशुपालन व्यवसाय घाँस खेती बिना सफल हुन गाह्रो हुन्छ। त्यसैले घाँस खेतीबारे जानकारी लिनुहोस् अनि घाँस खेती गर्नुस्। अब तहरा ,खाेर र अन्य अावश्यक कुरा बनाउन सकेपछी बिउ खरायो ल्यार्इ खरायो पालनकाे सुरुवात गर्नुस्।
४. Buy Back Agreement गरेकाे सस्थालार्इ नि दिनुस् साथै अाफै पनि अाफ्नाे वरिपरि बेच्न थाल्नुस्। खरायोकाे मासुकाे बारे जानकारी फैेलाउदै गर्नुस्।
५. खरायो पालनमा धैर्यताकाे निकै अावश्यकता पर्दछ साथै निरन्तरताकाे पनि ।
हजुरहरुलार्इ सफलताकाे शुभकामना छ।
याे लेख राम्रो लागे Like Share गर्न नभुल्नु होला।
Like My Page
https://www.facebook.com/rabbitformeatbreedandpet/
नाेट : क्रिपया याे लेख Copy गरि अाफ्नाे Wall अथवा Page मा Post नगर्नुहाेला बरु Share गर्नु। बराे समय लागेको छ नेपाली टाइप गर्न बानी छैननी At least Credit चाहिँ
Subscribe to:
Comments (Atom)


























